निर्माण गरिएको सुत्केरी अप्रेशन भवन दुई वर्षसम्म पनि सञ्चालनमा आएन



ताप्लेजुङ ।  एक करोड रुपैयाँभन्दा बढीकाे लागतमा जिल्ला अस्पतालको परिसरमा निर्माण गरिएको सुत्केरी अप्रेशन भवन दुई वर्षसम्म पनि सञ्चालनमा आएको छैन ।

सामान्यरुपमा सुत्केरी हुन नसक्दा अप्रेसनमार्फत सुत्केरी गराउन भनि बनाइएको भवन सञ्चालनमा नआउँदै भत्किएको छ, । गएको आर्थिक वर्ष नै फुङलिङ नगरपालिकाले अस्पताल मर्मतका लागि ६ लाख रुपैयाँ खर्च गरिसेकेको छ ।

ठेकेदार कम्पनीले भवन निर्माण गरी जिल्ला अस्पताललाई बुझाएको दुई वर्ष बितिसक्यो । भवनको वरिपरि नालीको राम्रो व्यवस्था नभएका कारण भवनको कोठामा पानी पसेको छ ।

भवनभित्र जडान गरिएका पानीका धाराहरु पनि चलाउन सकिने अवस्थामा छैनन् । पानीका धारा पहिलेदेखि नै खुस्किएको र मर्मतको लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको अस्पतलाका प्रमुख डा. सोनिङ लामाले बताउनुभयो । उहाँले अस्पताल अझै सञ्चालन गर्नसक्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

व्यवस्थितरुपमा ढोकाहरु नभएको र भवनको अगाडि सुरक्षाको लागि चेन गेट नभएकाले अझै पनि अप्रेशन कक्ष सञ्चालनमा ल्याउन नसकिने उहाँले बताउनुभयो ।

तत्कालीन शहरी विकास डिभिजन कार्यालय इलामको एक करोड ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भनव अझसम्म पनि सञ्चालनमा नआउँदा चरम लापर्वाही भएको बताइन्छ ।

डा. लामाले अस्पताल सञ्चालनका लागि प्रस्तावसहित नगरपालिकाबाट रकम माग्नु पर्ने र चेन गेटका साथै ढोका मर्मत गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..