इटहरीको निर्माणाधीन ६ लेन सडकमा भेटियो बालकको शव



इटहरी । इटहरी १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो ।

निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा सोमबार दिउँसो उनको शब फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ । उनी असाेज १० गते दिउँसोबाट हराएका थिए । १० गते बाट हराएका उनकाे शव आज नालामा डुबेको अवस्थामा शब फेला परेकाे छ ।घटनाको थप छानबिन भइरहेकाे ईलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार