भोजपुरमा १२ जुवाडे पक्राउ



भोजपुर । जुवा खेल्ने क्रममा षडानन्द नगरपालिका- १ नेपालेडाँडाको बार्ताबाट प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय एकराज कार्कीको घरमा जुवा (तास) खेल्दै गरेका घरधनी कार्कीसहित सिताराम कार्की, दिपबहादुर क्षेत्री, रबिन कार्की, पुजन कार्की, रिजन जोगी, मानबहादुर लुइँटेल, भिमराज राई, मोहन राई, सुरेन्द्र कार्की, बुद्ध राई र राजेन्द्र राईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट खेलमा प्रयोग हुने १६ थान कौडा, १९ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार