दुबईमा १४ जना यात्रु बोकेको मिनिबस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो



यूएई । दुबईमा १४ जना यात्रु बोकेको मिनिबस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ज्यान जानेमध्ये एक नेपाली छन् । तर उनको नाम, ठेगाना खुलेको छैन ।

फस्ट सेक्युरेटीमा काम गर्ने सेक्युरेटी कामदार बोकेर गुडेको मिनिबस मंगलबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक नेपाली नागरिक रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो । दुबई प्रहरीका अनुसार बसमा सवार अरु ६ जनाको अवस्था गम्भीर छ र सबैलाई उपचारको लागि अल रसिद अस्पतालमा पुर्याइएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेकाले मृतकको परिचय नखुलाइएको बताएको छ ।

सम्बन्धित समाचार