अछाममा प्रथम कराँते प्रतियोगिता आयोजना



अछाम ।अछामको साँफेबगरमा प्रथम सुदूरपश्चिम स्तरीय गोजुरियो कराँते प्रतियोगिता  आयोजना गरिएको छ। मंगलबारबाट सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्नेछ। राष्ट्रिय गोजुरियो कराँते संघ जिल्ला शाखा अछामको आयोजनामा सञ्चालित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट ३०० जना खेलाडीले सहभागी छन्।

जिल्लामै पहिलोपटक आयोजना भएको प्रदेश स्तरीय कराँते प्रतियोगितामा ५३ इभेन्टमा ५३ वटा स्वर्णपदक, ५३ वटै रजत पदक र १०६ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलमा २० देखि ७० केजी तौल समूहमा प्रतिस्पर्धा गराइने गोजुरियो कराँते संघ जिल्ला शाखा अछामका अध्यक्ष प्रकाश शाहले जानकारी दिए।

यहा आएका खेलाडीहरुलाई यहाका पर्यटकीय स्थलहरुको भ्रमण गराउने योजना समेत रहेको शाहले बताए। संघ स्थापना भएको एक वर्षको अवधिमा झण्डै ५०÷६० जना खेलाडी उत्पादन भैसकेका उनले जानकारी दिए।

सम्बन्धित समाचार