बरिष्ठ आयुर्वेद डाक्टरबाट खाँदबारीमा पायल्स, फिष्टुला लगायतको उपचार हुदै




खाँदबारी । यहि माघ १० गतेदेखि १३ गते विहानसम्म खाँदबारीको कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टरमा आयुर्वेदिक डाक्टरद्वारा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बरिष्ठ आयुर्वेद डाक्टर अमृत भण्डारी ले तीन दिन सेवा दिने भएको हो ।

शिबिरमा पायल्स (बबारिस) फिष्टुला (भगन्दर) को विना अप्रेसन क्षारसुत्र प्रविधिबाट उपचार गरिने कृष्ण होमियोका सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आउने हरेक बिरामीहरुको एनालाईजर मेसिनबाट स्वास्थ्य परिक्षण गरिने र सम्पुर्ण ल्याब सेवा पनि उपलब्ध गराईने श्रेष्ठले जानकारी दिनुभयो ।

मुखबाट अमिलो पानी आउने, ग्यास्ट्रिक, गानोगोला, अल्सर, कब्जियत, कोलाईटिस, पेट पोल्ने, पेट दुख्ने, वाक्वाक लाग्ने, अमन, अरुची, पखला लाग्ने जस्ता बिरामीहरुको सफलता पुर्वक उपचार गरिने श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ६० बर्षभन्दा माथिका बिरामीहरुलाई निशुल्क ग्याष्ट्रिकको औषधी दिईने बताईएको छ ।

सम्बन्धित समाचार