धनकुटाको मध्यसडकमै पल्टियो बस, २३ जना घाइते


१० श्रावण २०७८, आइतबार


धनकुटा । मध्यपहाडी लोकमार्गको हिले भोजपुर सडकखण्डको धनकुटाको पञ्चेमा आइतबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइँदै गरेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए।

झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको थियो। बस सडकमा पल्टिएर दुर्घटना भएको हो। बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। बसमा जम्मा ३५ यात्रु सबार रहेको बताइएको छ।

सम्बन्धित समाचार