
धनकुटा । यो वर्ष श्रावण महिनाको झण्डै दोश्रो साता वित्न लाग्दा धनकुटामा अहिले सम्म ७५ प्रतिशत धान रोपाई भएको छ । जिल्लाको कूल धान खेती हुने स्थान मध्ये श्रावण ११ सम्म ७५ प्रतिशत रोपाई सकिएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
यो वर्ष समयमै वर्षात हुनु तथा मलखादको त्यती समस्या नहुनेले गत वर्षको तुलनामा यो वर्ष केही छिटो धान रोपाई भएको जनाईएको छ । त्यस्तै तेह्रथुम जिल्लामा अहिले सम्म ८५ प्रतिशत रोपाई सकिएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया