महिलामाथि दुरब्र्यवहार गर्ने एक जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार


विराटनगर । विराटनगरबाट प्रहरीले महिलामाथि दुरव्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रातको समयमा अर्काको घरमा पसेर महिलालाई दुरव्यवहार गरेको सूचनाका आधारमा विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतो पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार महतोलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो ।

राति ११ः४५ बजेतिर अर्काको घरमा छिरेर महतोले महिलालाई दुरव्यवहार गरेको प्रहरीको दाबी छ । पक्राउ परेका महतोमाथि सोधपुछ गरेर घटनाका बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार