गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेममा शोक बिदा


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदाको जानकारी गराएका हुन् ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु ९स्वास्थ्य संस्थाबाहेक० सबै बन्द हुने सूचनामा जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गरेका छन् ।

‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै प¥यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

सम्बन्धित समाचार