खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना पक्राउ


२३ श्रावण २०७८, शनिबार


काठमाण्डौ । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाण्डौले कलङ्कीको खसी बजारबाट चार जनालाई पक्राउ गरेको छ ।

खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको बिहार बहराई घर भइ कलङ्की बस्दै आएका मासु पसलका सञ्चालक ६७ वर्षीय गुलाम रसोल क्रोसिलसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रसोलसहित बिहार बहराईकै २५ वर्षीय जवीर क्रोसिल, २१ वर्षीय जावीर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका प्रहरीले जनाएको छ । उनीहरुले बाख्रीको मासुलाई खसीको मासुसँगै मिसाएर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बिक्रीका लागि राखिएको १५ वटा जिउँदा बाख्री र काटेर राखिएको दुई वटा बाख्रीको मासु बरामद गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ताका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार