धनकुटामा आज बिहानै बस दुर्घटना,८ घाइते (नामावली सहित)


२४ श्रावण २०७८, आइतबार


धनकुटा । धनकुटा नगरपलिका १० पात्ले कोशी लोक मार्गमा आज विहान रोकिराखेको ट्रकमा बस ठोक्किएर दूर्घटना भएको छ ।

दू’र्घटनामा परि ८ जना यात्रु घा’इते भएका छन् । घाईते मध्ये १ जनाको अवस्था ग’म्भिर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

काठमाण्डौबाट धनकुटा हुँदै भोजपुर तर्फ जाँदै गरेको बा ५ ख ५६२४ नं बस को १ ख ४२२८ नं को रोकिराखेको ट्रकमा ठो’क्किदा बसमा सवार भोजपुर बोखिम ५ का वर्ष २९ का राजन भण्डारी ग’म्भिर घा’ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।

दुबै खुट्टामा चोट लागेको उनलाई धनकुटा अस्पतालमा सामान्य उपचारपछि धरान विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको उहाँले वताउनुभयो ।

त्यस्तै अन्य घा ईते हुनेहरुमा भोजपुर नपा १ का वर्ष ३४ का देवीमाया तामाङ,भोजपुर तिवारी भञ्ज्याङ २ का वर्ष २८ का सन्तोष महत,भोजपुर नपा ३ का वर्ष ५४ का पर्व रई,भोपुर पौवादुम्मा गापा १ का वर्ष २८ का लक्ष्मी पाण्डे,ट्याम्केमैयुङ गापा १ भोजपुरका वर्ष २७ का निमेष वराईली,काभ्रेपलानचोक मन्नदेउपुरनपा १ का वर्ष ३४ को रमेश पौडेल र सप्तरी सुरुङ्गा नपा ४ कनकपुर का वर्ष ३३ का सुरेश कुमार चौधरी रहेका छन् ।

उनिहरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ । दू’र्घटनाग्रस्त बसका चालक फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी रायले वताउनु भएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार