धरान । सुनसरीको इनरुवाको बसपार्कबाट कारमा सवार पाँच जनालाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी(१४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी(४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया(१४ का २४ वर्षीय विनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी(४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी(४ का २२ वर्षीय फुल कुमार मुखिया रहेका छन् ।
हिजो बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।
ब्राउनसुगर फेला परे पश्चात् थप अनुसन्धानको लागी कार सहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।
यसैबिच मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लेटाङ ८ का २४ वर्षीय पदम बहादुर राई रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे अस्थायी प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया