काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो


२७ श्रावण २०७८, बुधबार


काठमाण्डौ । काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति एक बजे काठमाण्डौको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुर्खेतका २९ वर्षीय सन्देश बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बुढाथोकीको उपचारका क्रममा सिभिल अस्पताल नयाँबानेश्वरमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, काठमाण्डौकै नयाँ बसपार्कमा आफैँ चढेको बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । लु २ ख ५२ ४२ नम्बरको बसबाट ओर्लिएका कपिवस्तुका ८० वर्षीय कुतबुल्ला मुसलमानलाई त्यही बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेका उहाँको राति ११ बजे उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार