इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुनेका छन् । पैनी मिचेर घर बनाएको आरोपमा चौधरीले इटहरी ४ का यामप्रसाद ढकाललाई आफ्नै कार्यलयमा थुनेर राखेका हुन् ।
विहानै नगर प्रहरी पठाएर ढकाललाई उपमहानगरपालिका ल्याईएको थियो । सात दिन भित्र घर भत्काउँने कि थुनेर राखौ भन्दै आफुलाई केहि घण्टा देखि बाहिरबाट ढोका लगाएर थुनेर राखेको जनाइएको छ । केही दिन अघी इटहरी(१३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका मेयरले सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै आक्रामक शैली अपनाएका हुन् ।


प्रतिक्रिया