काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट छन्। महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको जनाएको छ।
उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।
भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ। उनलाई २०७५ चैत्र २६ गते महाशाखाले पक्राउ गरेको थियो।
उनीबाट कोही व्यक्तिहरु पीडित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ।ठुलो चुनौती भएको बताएका छन्।
मंगलबार पदभार ग्रहण गर्दै घिसिङले भने, ुपहिलो कार्यकालमा म आउँदा उर्जामन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो। अहिले गठबन्धनको सरकारको सहयोगको कारणले फेरि प्राधिकरणमा फर्किएको छु। त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा मन्त्री पम्फा भूसाल लगायतको पहलमा म यहाँ आइपुगेको छु।ु
दोस्रो कार्यकालका लागि फेरि प्राधिकरणमा आएकाले आफूमाथि ठुलो चुनौती भएको उनको भनाई छ।
उनले भने, ुसरकार र आम जनताको मलाई विद्युत प्राधिकरणमा आएर अगाडी बढाउनुपर्ने जनअपेक्षा थियो। अहिले दोस्रो कार्यकाल यहाँ आएको छु मेरो जीवनमा यो भन्दा ठुलो चुनौती अरु हुँदैन। त्यसका लागि नयाँ टीम, नयाँ जोस र जागरका साथ अगाडि बढ्नुपर्छ।ु
आफ्नो कार्यकालमा देशमा मात्रै नभएर विश्वमै विद्युत प्राधिकरणलाई चिनेको उनले बताए। प्राधिकरणको विकास हुँदा आफ्नो मात्रै नभएर देशको विकास हुने उनको भनाइ छ।
प्राधिकरणमा भएका राम्रो कामलाई निरन्तरता दिँदै कमीकमजोरी सच्चाएर अघि बढ्ने उनले बताए। व्यक्तिहरुमा नेतृत्व गर्ने क्षमता फरक हुने भएकाले नतिजामा असर पर्ने उनको भनाइ छ।
सबैले आ(आफ्नो क्षमताअनुसार काम गर्दा जुनसुकै काममा राम्रो नतिजा पाउन सक्न उनले बताए।
सरकारले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी अनुसार नेपालको उर्जा क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता घिसिङले जाहेर गरे। कुरा गरेर भन्दा आफू काममा विश्वास गर्ने उनको भनाई थियो।


प्रतिक्रिया