फरार अभियुक्त १६ वर्षपछि पक्राउ


२८ श्रावण २०७८, बिहिबार


काठमाडौं । ज्यानसम्बन्धी कसूरका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ४६ वर्षीय शिवजी खत्री भनिने गबहादुर खत्रीलाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो।

इन्द्रबहादुर अधिकारीकी छोरी भगवती लामा अधिकारीको २०६२ साल पुस ०६ गते कलंकी लामपाटीस्थित आफ्नै डेरामा शरीरमा आगो लागेको अवस्थामा भेटिएकी थिइन्। छिमेकीले शरीरमा आगो लागेको अवस्थामा देखेपछि कोठाको ढोका फोडी उपचारका लागि वीर अस्पताल लगेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

पछि मृतकका बुवा इन्द्रबहादुरले खत्रीका नाममा उजुरी दिएपछि प्रहरीले खोजि जारी गरेको थियो। सोही घटना भएको दिनदेखि उनी फरार रहेकाले घटनामा संलग्नता रहेको आरोप उनीमाथि छ।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिकाटीमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार