संखुवासभाका युवाले मनायो अन्तरराष्ट्रिय युवा दिवस


२९ श्रावण २०७८, शुक्रबार


खाँदबारी । अन्तरराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा संखुवासभाको खाँदबारीमा अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदरमुकाम खाँदबारीमा आयोजना गरिएको कार्यक्रम जिल्लाका युवा तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलिय स्वास्थका लागि युवा नव प्रबद्र्धन भन्ने मुलका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२१ मनाईएको हो । खाँदबारी नगरपालिकाको सहयोग र मकालु त्रिशक्ति समुह माट्स नेपालको आयोजनामा सञ्चालित अन्तकृयात्मक र औपचारिक उद्घाटन गरि दुई चरणमा भएको कार्यक्रमको प्रमुख अतिथि खाँदबारी नगरपालिका प्रमुख मुरारी प्रसाद खतिवडा रहेको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवास, नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, गैसस महासंघ अध्यक्ष विनोद सुब्बा गुरुङ, जिल्ला युवा समिति अध्यक्ष हरि प्रसाद लिम्बु, पत्रकार महासंघ अध्यक्ष इन्द्र गीरि लगायतको उपस्थिती रहेको थियो । औपचारि कार्यक्रममा बोल्दै अतिथिहरुले शुभकामना दिएका थिए । उद्घाटन पश्चात मनोसामाजिक समस्या र कोभिड १९ मा युवाको मानसिक स्वास्थ्य बिषयक अन्तरकृया कार्यक्रम भएको हो ।

अन्तरकृयात्मक कार्यक्रमको सहजीकरण द स्कुल अफ साइकोलोजी नेपालका प्रशिक्षार्थी तथा बाल हेल्पलाईन नम्बर १०९८ नेपाल संखुवासभा प्रमुख  सुजन अधिकारी र जिल्ला युवा समिति संखुवासभाका अध्यक्ष हरि प्रसाद लिम्बुले सहजीकरण गरेका थिए । अध्यक्ष लिम्बुले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ का विषयमा सहजीकण गरेका थिए भने अधिकारीले मनोसामाजिक समस्या र समाधानका उपायका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका दर्जन युवाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार