दाङमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर भत्कियो


२९ श्रावण २०७८, शुक्रबार


दाङ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारमा एक घर भत्किएको छ । लगातारको वर्षाका कारण आज बिहान रामु चौधरीको घर भत्किएको हो ।

घर भत्किँदा साढे दश लाख बराबरको क्षति भएको जनाइएको छ ।

घर भत्किँदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैयाँ नगद पनि नभेटिएको स्थानीय महेश थारुले बताउनु भयो ।

परिवारका सबै सदस्य उठेर घर बाहिर भएकाले मानवीय क्षति भने नभएको थारुले बताउनुभयो।

चौधरी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सम्बन्धित समाचार