वोच प्रहरी चौकीमा आगलागी


२९ श्रावण २०७८, शुक्रबार


दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।

आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिनुभयो ।भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार