सुनसरी बराहक्षेत्रमा बन्दुक सहित एक जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार


सुनसरी । सुनसरीको बराहक्षेत्रमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगिएको थियो । सोही सुचनाको आधारमा प्रहरीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर लाइ बुझाएको थियो ।

पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

सम्बन्धित समाचार