धरान । धरान उपमहानगरपालिका १० मा रहेको ड्रिमल्याण्ड होटेलुको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ३ बस्ने २४ वर्षीय मो। नुरदिन र सप्तरी राजविराज नगरपालिका ११ बस्ने ३० वर्षीय ब्रह्मदेव चौधरी रहेका छन् । आइतबार राति धरानबाट खटिएको प्रहरीले उनीहरूलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसै गरी सुनसरी, वराहक्षेत्र नगरपालिका ३ बाङ्गे नडाहा सडक खण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगर सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ बस्ने पुरुषोत्तम मेहता, २९ वर्षीय विशाल बस्नेत, सोही नगरपालिका ९ बस्ने २८ वर्षीय पाथे चन्द्रवंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माइला रहेका छन् ।
बाङ्गेबाट नडाहातर्फ जाँदै गरेको प्र १/०२/०४४ प ४५५६ र प्र १/०२/०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर विशेष ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध ब्राउनसुगर सहित फेला पारी दुवै मोटरसाइकलमा सवारलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया