पाँचथरमा लडेर एक जनाको मृत्यु



धरान । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउ का ६५ वर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार