संखुवासभामा एकल महिलाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न


११ भाद्र २०७८, शुक्रबार


खाँदबारी । संखुवासभाका एकल महिलाहरुसँग मनोसामाजिक समस्या र आत्महत्या रोकथाम विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । विहिबार खाँदबारी नगरपालिका वडा नं. ३, मानेभञ्ज्याङ्ग एकल महिला समूहकोे कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनसँगको सहकार्य र माट्स नेपालको आयोजना तथा एकल महिला समुहको व्यवस्थापनमा समुहका पदाधिकारी एवं सदस्यहरुसंग कार्यक्रम भएको थियो। कार्यक्रम एकल महिला समुहका अध्यक्ष लिला देवी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई द स्कुल अफ साइकोलोजी नेपालका प्रतिनिधी तथा बाल हेल्पलाईन १०९८ नेपाल संखुवासभाका प्रमुख सुजन अधिकारीले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा माट्स नेपाल संखुवासभाका कार्यालय सहायक तथा बाल कल्याण गृहका वार्डेन संजय ओझाको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा समुहका पदाधिकारीहरु तथा सदस्यहरु गरी २४ जनाको सहभागिता रहेको थियो । प्रत्येक वर्ष सेप्टेम्बर १० मा पर्ने आत्महत्या रोकथाम दिवसलाई द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनले १ महिने क्याम्पेन देशै भरी विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ ।

यसै कार्यक्रमको शिलशिलामा संखुवासभा खाँदबारीका विभिन्न स्थानमा जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी कार्यक्रमका सहजकर्ता अधिकारीले बताउनु भयो । कार्यक्रम समय सान्दर्भिक र उपलब्धिमुलक रहेको कार्यक्रमका सहभागी गीता विकले बताउनु भयो ।

सचेतनामुलक कार्यक्रम गरी एकल महिलाहरुमा जनचेतना जगाउन ‘द स्कुल अफ साइकोलोजी नेपाल’ , ‘साइकडेस्क फाउण्डेस’ तथा ‘माट्स नेपाल’ सँग सहकार्य गर्न पाउदा आफू अन्यन्तै हर्षित भएको एकल महिला समूहकी सचिव महेश्वरा श्रेष्ठ बज्राचायले बताउनु भयो ।

यो भन्दा अगाडी सोहि कार्यक्रम मानेभञ्याङका बालबालिकासंग गरिएको थियो । अरुण बाल क्लबको सहकार्यमा गत सोमबार आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार