कुखुरा फर्ममा आगलागी हुँदा लाखौँको क्षति



सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेको संगीता कृषि फर्ममा गएराति दुई बजे आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

संगीता कृषि फर्ममा राति अचानक घुरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा, पानी तान्ने मोटर १ थान,भवलेटर १ थान, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत दश लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

आगलागी हुँदा बाटो नभएका कारण आगो निभाउन दमकल आउन नसकेको फर्मका सञ्चालक चन्द्रभुषनकुमार सिंहले बताउनुभयो ।

सम्बन्धित समाचार