आगलागी हुँदा लमजुङमा एक दम्पतीको ज्यान गयो



काठमाण्डौ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ मा आगलागी हुँदा एक दम्पतीको ज्यान गएको छ ।

गएराति आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीको ज्यान गएको वडाअध्यक्ष नारायणबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीको कारण खुलेको छैन । ढुङ्गामाटाको गाह्रो र जस्ताको छानो भएको एकतले घरमा आगो लागेको हो । त्यहाँ अन्य घरहरु नजिक नरहेकाले प्रहरीले ढिलो गरी मात्रै खबर पाएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार