झापाबाट खैरोहिरोईन सहित तिन जना पक्राउ



झापा । झापाबाट खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । अर्जुनधारा ४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अर्जुनधारा २ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा ३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन् । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही सुरू भएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार