प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान



काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र बुझ्नुभएको छ । प्रधानसेनापति शर्मालाई रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

आज बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्मालाई रक्षा सचिव पौड्यालले नियुक्ति पत्र प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा गएको साउन २६ गते कायममुकायम प्रधानसेनापति बन्नुभएका शर्माले आज प्रधानसेनापतिको नियुक्ति पत्र बुझ्नुभएको हो ।

नेपाली सेनाका पिएसओज रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रक्षा सचिवले प्रधानसेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

 

सम्बन्धित समाचार