उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु


१७ भाद्र २०७८, बिहिबार


उदयपुर । उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।

हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो ।

सम्बन्धित समाचार