भोजपुरमा ८४ प्रतिशत घरको पुन: निर्माण सम्पन्न


१७ भाद्र २०७८, बिहिबार


भोजपुर । भोजपुरमा भुकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुन: निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका छ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ घरको पुन: निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडा स्तरमा रहेका समस्याको विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुसंग पुननिर्माण सम्वन्धी गोष्ठी सञ्चलान गर्न थालेसंगै कामले तिव्रता पाएको कार्यालयको भनाइ छ ।

पहिचान भएको लाभग्राही मध्ये हालसम्म छ, हजार १९४ पीडितले पहिलो किस्ता र पाँच हजार ४९३ जनाले दोस्रो किस्ता लिएका छन्। त्यस्तै जिल्लाभर ५१६ जना प्रवलिकरणका लाभग्राही रहेका छन् । कार्यालय प्रमुख धर्मेन्द्र कुमार झाले भने, ‘हामी स्थानीय स्तरसम्म पुगेर त्यहाका समस्याको विषयमा जानकारी लिदै, सरोकारवाला पक्षसंग छलफल समेत गरिरहेका छौ यसले काम चाडो सम्पन्न गर्न निकै मद्धत गरेको छ, जिल्लामा अहिले पुन निर्माणले निकै राम्रो गति लिएको छ ।’

सरकार परिवर्तन भएसँगै काममा भने केहि अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले यहि कातिक समान्तसम्म पूर्णरुपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भएपनि अछिल्लो समय कुनै पनि परिपत्र नआएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार