पाँचखपन नगरपालिकाको कांग्रेस सभापतिमा विष्णु श्रेष्ठ


१० आश्विन २०७८, आइतबार


संखुवासभाको पाँचखपन नगरपालिकाको कांग्रेस सभापतिमा विष्णु कमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा शनिबार भएको गाउँ नगर अधिवेशनबाट पाँचखपन नगरपालिकामा सर्वसहमती जुटेको हो ।

श्रेष्ठ सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर वस्नेतले इमकालु अनलाइनलाई जानकारी दिए।

खाँदबारी नगरपालिका र मकालु गाउँपालिका बाहेक अन्य पालिकामा सहमतीमा समिति चयन गरिएको छ ।

सम्बन्धित समाचार