स्याङ्जा । स्याङ्जामा रोकी राखेको ट्र्याक्टरले अचानक गुडेर ठक्कर दिँदा हिजो बेलुकी एक पैदलयात्रीको ज्यान गएको छ ।
आँधीखोला गाउँपालिका ५ को भित्री सडकमा रोकी राखेको ग १ त ३१७८ नम्बरको ट्र्याक्टर ओरालोमा अचानक गुडेर ठक्कर दिँदा ४५ वर्षीया माया विकको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।
विकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया