काठमाण्डौ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा टिपरको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।
हिजो प्रदेश नम्बर ३–०१ ००६ ख ०८०६ नम्बरको टिपरको ठक्करबाट ८६ वर्षका चन्द्रप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई इलाका प्रहरी कार्यालय बेनिघाटले पक्राउ गरेको छ ।
यस्तै, चितवन भरतपुर महानगरपालिका ३ लाइन्सचोकमा पनि टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका ४ का ३२ वर्षका पिताम्बर भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ । ना १ क ९९२३ नम्बरको टिपरले भण्डारी र उहाँकी श्रीमती कल्पनालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
श्रीमती कल्पनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया