संखुवासभा : रोकीएको मतगणना पुन सुरु


१८ आश्विन २०७८, सोमबार


संखुवासभा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत संखुवासभामा भएको जिल्ला महाधीवेशनको रोकीएको मत गणना पुन सुरु गरिएको छ । मत गणनाको क्रममा ९ मत घटीबढी देखिएपछी स्थगित गरिएको थियो । महाधीवेशन प्रतिनिधिको मत गणनामा निर्वाचन समिति र उम्मेद्धारका प्रतिनिधिबिच ९ मत घटिबढी परेपछी मतगणना रोकिएको थियो ।

जिल्ला कार्यसमितिको भने मत गणना सकिएको छ । प्रदेश निर्वाचना क्षेत्र क मा ७ सय १४ मत खसेकोमा महाधीवेशन प्रतिनिधी तर्फ ९ मत फरक देखिएको थियो । मत परिणाममा फरक परेपछी महाधिवेशन प्रतिनिधि तर्फको मत पुन सुरु देखिनै गणना गरिएको नेता कुमारबाबु अधिकारीले इमकालु अनलाइनलाई जानकारी दिए ।

महाधीवेशनमा जिल्ला कार्य समिति र प्रतिनिधिका लागि १ हजार ३ सय ५२ जना कांग्रेसका मतदाताले मतदान गरेका थिए । जसमध्ये प्रदेश निर्वाचन क्षेत्र ख को मत गणना बाँकी रहेको थियो ।

सम्बन्धित समाचार