विपिन राईलाई लोकप्रिय मत


१९ आश्विन २०७८, मंगलबार


हक्की, प्रस्ट र निडर स्वभावका विपिन राई पाँचखपन नगरपालिकाका नगर प्रमुख हुन् । संखुवासभा कांग्रेस राजनितिमा युवा नेतृत्व गर्दै आएका उनी नगर प्रमुख भएपछी एकाएक चर्चामा आए । चर्चाको कारण थियो, स्याबुन, वाना र जलजला गाविसमा लालकिल्ला तोडेर कांग्रेसको वर्चश्व सहित स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गर्नु । उनको विजयले विपक्षी दललाई मात्र हैन, कांग्रेस भित्रै पनि हलचल ल्याइदियो ।

जसका कारण कांग्रेस भित्र पनि युवा नेतृत्वको छाप छोडेका राई हालै सम्पन्न नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत जिल्ला महाधिवेशनमा पनि चर्चाको शिखरमा पुगे । कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको खुल्ला तर्फ उम्मेद्धारी दिएका राई निर्वाचनमा सहभागी मध्येकै सबैभन्दा बढी मत प्राप्त गर्ने युवा उम्मेद्धारमा परे ।

महाधिवेशन प्रतिनिधि पदको खुला तर्फ मात्रै पनि उनी सहित १८ जनाको प्रतिस्पर्धा थियो । जिल्ला कार्य समितिका अन्य पद सहित ६८ पदका लागि ९३ जनाको उम्मेद्धारी परेको थियो । जसमध्ये सबैभन्दा बढी १ हजार ४५ मत प्राप्त गरेर उनी बढी मत पाउनेमा शिर्षस्थानमा परे । यो मत प्राप्त गर्नुमा उनको स्वाभाव, व्यवहार र योगदानको लोकप्रियता हो ।

यसअघि कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत जिल्ला महाधिवेशनमा जिल्ला सदस्य पदमा उनले उम्मेद्धारी दिएका थिए । सो समयमा पनि सबैभन्दा बढी मत ल्याएर विजय हाँसिल गर्ने सदस्य उनी नै थिए ।

जिल्ला सदस्यमा रहँदा पार्टीमा राम्रै योगदान गरेका उनी १४ औं महाधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि बनेका छन् ।

सम्बन्धित समाचार