भोजपुरमा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुने


१९ आश्विन २०७८, मंगलबार


भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ मा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता षडानन्द नगरपालिका वडा नं. ९, ८ र १० को संगम स्थल बैदारभञ्ज्याङमा हुने भएको छ । षडानन्द नगरपालिका वडा नं। ९ का खेलप्रेमी खेलाडीहरुको संयुक्त आयोजनामा हुने प्रतियोगिता असोज २१ गते देखि २५ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय १५ हजार, तृतीय १० हजार र सान्त्वाना ५ हजार साथमा मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

दशै तिहारको अवसरमा शुभकामना आदानप्रदानका साथ प्रतियोगिता सञ्चालन गरिन लागेको आयोजक समितिका संयोजक सञ्जय तामाङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले २१ गते १० बजे भित्रमा टिम दर्ता गरिसक्नु पर्नेछ ।

सम्बन्धित समाचार