कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमान्श्री-मतीको मृत्यु


३ कार्तिक २०७८, बुधबार


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौरदशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो(हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ,’ घटनास्थलबाट शुक्लाफाँटा १२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

सम्बन्धित समाचार