काठमाण्डौको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी


९ कार्तिक २०७८, मंगलबार


काठमाण्डौ । काठमाण्डौको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो । दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।

सम्बन्धित समाचार