काठमाडौं । नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए। उनले मार्चसापमा नागरिक समाज र अन्य सामाजिक अभियन्तासमेत संलग्न रहने जानकारी दिए।
बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई राजीनामा दबाब दिन मार्चपास गर्न लागेको बताए। बारले सोमबार प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई ज्ञापन पत्र बुझाएको थियो। प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बहसमा नर्फकिने बारले बताएको छ। बारले चौथो चरणको आन्दोलनको घोषणा गर्दै मुलुकभरका अदालतमा धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले मार्चपास गर्न लागेको हो ।


प्रतिक्रिया