चिसोले संखुवासभाको जनजीवन कष्टकर



संखुवासभा । चिसोले संखुवासभाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको सदरमुकाम खाँदबारी आसपासका क्षेत्रहरुमा केहीदिन अगाडि देखि लगातार रुपमा बाक्लो हुस्सु र पानी परेकाले चिसो बढेको हो ।

त्यसैगरि जिल्लाको उच्च क्षेत्रहरु भोटखोला गाउँपालिकाको किमाथांका, हटिया, चेपुवा, हुङहुङ र मकालुको सेदुवा लगायतका क्षेत्रहरुमा चिसोले घरभित्रबाट बाहिर निस्कन मुस्किल परेको छ । पुनः हिमपात भएपछि जनजीवन कष्टकर बनेको स्थानीयहरुले बताएका छन् ।

बर्षातसँगै हिमपात भएपछि चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातका कारण सर्वसाधारणहरुलाई दैनिकीमा समस्या हुनाका साथै आममानिसहरुलाई हिडडुल गर्न र पशुचौपयालाई गाँस पानी गर्न समस्या भएको स्थानीयहरु बताउँछन् । त्यसैगरि जिल्लाको सिलिचोङ गाउँपालिका, सभापोखरी गाउँपालिकाको सभापोखरी, पावा लगायतका क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । भने संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे—मिल्के—जलजले (टिएमजे) क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ ।

हुस्सु र बर्षातले मानिसहरु घरभित्रबाट बाहिर निस्किएका छैनन् । खाँदबारी बजार र आसपासका क्षेत्रहरु सुनसान प्रायः बनेको छ । ब्यापार ब्याबसाय समेत चलेका छैनन् ।

सम्बन्धित समाचार