संखुवासभामा विश्व क्यान्सर दिवस मनाईयो



फ्रेबुअरि ४ अर्थात विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्था संखुवासभाले खाँदबारिको देवकोटा चोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
हेरचाहमा हुने असमानताको अन्त्य गरौ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बक्ताहरुले क्यान्सर रोग र यसबाट वच्न अपनाउनपर्ने सावधानिका बिषयमा धारणा राखेका थिए । नेपाल अर्बुद रोग निवारण संस्था संखुवासभाका सभापति कृष्णराज शाक्यको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर रोग प्राण घातक रोग भएपनि समयमै उपचार गर्न सकिए यसबाट हुने मृत्युदरमा कमि ल्याउन सकिने बताउनु भएको थियो ।

क्यान्सर रोगकै कारण आफ्नो परिवारका दुई सदस्य गुमाउन परेको बताउँदै वहाँले क्यान्सर रोग बढि खर्चालु भएकाले सिंगो परिवारलाई नै यसले आर्थिक, भौतिक र मानसिक रुपले बिक्षिप्त पार्ने धारणा राख्नु भएको थियो ।।

अब्यवस्थित खानपिन, नियमित ब्यायामको अभाव, सुर्तिजन्य तथा केमिकलजन्य पदार्थको सेवन, आदिका कारण क्यान्सर रोगिको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको समन्वय प्रमुख शाक्यको भनाई थियो ।

खाँदबारि नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण भगत प्रधान, खाँदबारि वडा नं १ अध्यक्ष निरञ्जन श्रेष्ठ, वडा सदस्यहरु उदिम राई, श्रृजना शंकर लगायत जिल्लाका कृयाशिल संञ्चारकर्मी तथा स्थानीय बुद्दिजिविहरुको उपस्थिति रहेको कार्यक्रममा समापन मन्तब्य राख्दै कार्यक्रमका सभापति तथा जिल्ला शाखा सभापति कृष्णराज शाक्यले क्यान्सर रोग भयावह रुपले फैलिरहेकाले यसबाट वच्न र बचाउन जनचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

क्यान्सर रोगको प्रमुख कारक सुर्तिजन्य पदार्थको सेवन नै भएको धारणा राख्दै क्यान्सर रोग मध्ये २२ प्रतिशत क्यान्सर रोग सुर्तिजन्य बस्तु सेवनका कारण हुनेगरेको बताएका थिए ।

सम्बन्धित समाचार