अरूण नदीमा पुरूषको शव फेला



संखुवासभा । महालक्ष्मी नगरपालिका ५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेका छ।

नदीको किनारमा करिब ४५ वर्षीय पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए। ती पुरुष गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट‚ कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई करिब ५.५ इन्च भएको कार्कीले बताए।

शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपिछ प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको डिएसपी कार्कीले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

 

सम्बन्धित समाचार