कर्णालीमा मन्त्रिपरिषद विस्तारको तयारी



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विवादमै तीन महिना खेर फालेका कर्णाली प्रदेशसभाका सत्ता गठबन्धन दलहरुबीच अझै कुरा मिलिसकेको छैन।
जसका कारण आज पनि मन्त्रिपरिषद् विस्तारमा समस्या रहेको आंकलन गरिएको छ।

प्रदेश सरकारमा माओवादी केन्द्रले ४, कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरिरहेका छन्। सत्ता गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीलाई ३, कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय दिने तयारी छ। केन्द्रको सहमतिअनुसार मुख्यमन्त्री शाहीले बाँकी ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका हुन्। तर प्रदेशमा माओवादी र समाजवादीका नेताहरुले विवाद झिकेपछि मन्त्रिपरिषद् गठनमा समस्या देखिएको छ। त्यस्तै माओवादी केन्द्रको नेतृत्वले विवादित व्यक्तिलाई मन्त्री बनाउन दबाब दिएपछि प्रदेशसभामा किचलो सुरु भएको छ।

यसअघि माओवादी केन्द्रका विन्दमान विष्ट र एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई समेटेर मुख्यमन्त्री शाहीले तीन सदस्यीय मन्त्रिपरिषद बनाएका थिए।

सम्बन्धित समाचार