सिन्धुपाल्चोकको बलेफीमा खुकुरी प्रहार गरी दुई जनाको हत्या



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।

हिजो बेलुका चिम्लिङका विजय तामाङले जाँडरक्सी खाएर स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हत्याका आरोपी विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।

सम्बन्धित समाचार