जिल्ला समन्वय समिति संखुवासभाबाट विपन्न परिवारका रामचन्द्रलाई सहयोग



संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाले आइतबार खाँदबारी नगरपालिका–८ का विपन्न रामचन्द्र कटुवाललाई सहयोग गरेको छ । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले रामचन्द्रलाई निकै समस्या परेको देखेपछि कम्बल, बाल्टी, बटुका र कराई लगायतका एक सेट भाँडाकुडा उपलब्ध गराएको बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, नेपाली काँग्रेसका उपसभापति अन्नत गौली, नेकपा माओबादी केन्द्र टेकमान राई र कृष्ण जिमी लगायतको उपस्थिती रहेको थियो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका रामचन्द्र कुटवाल खाँदबारी बजारमा भारी बोक्ने र होटलहरुमा भाँडा माझेर दैनिकी निर्वाह गर्दै आएका छन् । घर छाप्न नसक्दा त्रिपाल र प्लाष्ट्रिक टाँगेर बस्नु परेको अवस्था देखेपछि केही साता अघि मकालु गाउँपालिका—३ गढी जन्मस्थल भई हाल अमेरिका बस्र्दै आएका समाजसेवी छिरिङ शेर्पाले जस्तापाता सहयोग गरेका थिए । घरमा श्रीमती र तीन छोरी र एक छोरा सहित ६ जनाको परिवार बस्र्दै आएका छन् । उनको परिवारमा बिहानबेलुकीको छाक टार्न समेत धौधौ पर्ने गरेको रामचन्द्र बताउँछन् ।

सम्बन्धित समाचार