चैनपुर अस्पताललाई अक्सिजन प्लान्ट



संखुवासभा । चैनपुर नगरपालिका ६ स्थित चैनपुर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

राष्ट्रिय व्यवसायीक पहल (एनबीआई) का अध्यक्ष एवं उद्योग बाणिज्य संघका पूर्व केन्द्रयी अध्यक्ष कुश कुमार जोशीबाट एक कार्यक्रमका वीच सोमबार हस्तान्तरण भएको थियो । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) तथा एशिया प्यासेफिक एलाइन्स फर डिजास्टर मेनेजमेन्ट (ए–प्याड) संस्थाको साझेदारीमा र चैनपुर नगरपालिकाको सहकार्यमा चैनपुर अस्पताललाई प्रतिघण्टा ६ घन मिटरको दरले अक्सिजन उत्पादन गर्न सक्ने २५ वेडलाई धान्न सक्ने अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो ।

६५ लाख मूल्य बराबरको उक्त प्लान्टले कोभिड महामारी तथा विपत्तीमा परेका विरामीहरुलाई अक्सिजन दिएर मानविय क्षेती रोक्ने भएकाले यसको दिगो सञ्चालन गर्न सम्बन्धित निकायलाई अग्रह गर्नुहुँदै अव यसै प्लान्टबाट थप अक्सिजन भण्डारण गर्नका लागि प्रति दिन २१ सिलिण्डर भर्न सक्ने थप मेसिन समेत उपलब्ध गराउने समेत एनविआइका अध्यक्ष जोशीले प्रतिवद्धता जनाउनुभयो ।

कोभिड संक्रमणको लामो समयसम्म यस क्षेत्रका विरामीहरु अक्सिजनको अभावमा छटपटिएका विरामीहरुलाई जिवन दान सावित हुने वताउनुहुँदै कार्यक्रमका सभापति एवं चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीले कोभिड महामारी सँगै मानविय क्षती न्युनिकरण गर्न विरामिका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको महशुुस गर्नुहुँदै अक्सिजन प्लान्ट प्रदान गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।

यसैगरी कार्यक्रको अवसरमा ए–प्याड नेपालका कन्ट्री संयोजक कर्ण बहादुर नेपालीले व्यवस्थापन सञ्चालन र दिगोपना कायम राख्न त्यतीक महत्व रहेको वताउनुभयो । जसको सञ्चालनको लागि दक्ष जनशक्ति, मोनिटरीङ, तथा व्यवस्थापन गर्न सके प्रभाकारी हुने समेत संयोजक नेपालीले वताउनुभयो । सामग्री हस्तान्तरण सँगै दुवै पक्ष वीच भएको सम्झौता पत्र चैनपर अस्पतालका इन्चार्ज हर्क शेर्पालाई वुझाइएको कार्यक्रम सञ्चालक टंक रोक्काले जानकारी दिनुभयो ।

कार्यक्रममा चैनपुर नगरपालिकाका नगर उप प्रमुख मुना श्रेष्ठ, एनविआइका सचिव सुरेश प्रधान, चैनपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठ, सामाजिक संघ संस्था, सरकारी कायालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार