५ वर्ष अघि पाएको भोट बेचेर खाएः एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपाने



संखुवासभा । राष्ट्रिय सभा निर्वाचनमा एमाले नेताले भोट बेचेर खाएको नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले आरोप लगाएका छन् ।

पाँच वर्ष अघि सूर्य चिन्ह्मा आएको भोट बेचेकोले राष्ट्रिय सभा निर्वाचनमा धेरै मतपरिणाम आएको उनको भनाइ छ । ‘राष्ट्रिय सभा निर्वाचन भनेको पाँच वर्ष अघि निर्वाचित जनप्रतिनिधिले भोट हालेर हुने निर्वाचन हो’, उनले भने, ‘सूर्य चिन्ह्बाट जितेर जाने अनि त्यहाँ गएर रुखमा भोट हाल्ने, हलोमा भोट हाल्ने अनि अर्को छातामा भोट हाल्ने काम भयो ।

जनताको मतमा बेइमानी गर्ने काम गरिएकोले राष्ट्रिय सभामा एमालेको हार भएको उनले बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको लोकप्रीयता विम्बित हुने उनको भनाइ छ । यस अघिको स्थानीय तहको निर्वाचनमा झैँ एमालेले अत्याधिक मत ल्याउने र अधिक ठाउँको प्रमुख बन्ने उनको ठोकुवा छ ।

अहिले भएको राष्ट्रिय सभाको निर्वाचनको मत वासी मत परिणाम भएकाले आगामी स्थानीय तहको निर्वाचनमा ‘ताजा जनादेशबाट’ एमाले सरकारको पुनारागमन हुने उनको दावी छ । ‘त्यो जनताले हालेको भोट हो र ? त्यो सर्वसाधारण जनताले हालेको भोट हो र’, उनले भने, ‘त्यो त हिजो नेकपा एमालेको तर्फबाट भोट बटुलेर लिएर गएर बेचेकाहरुले बेचेको भोटको परिणाम हो ।ु

उनले थपे, अब हामी ‘फ्रेस माइन्डेटमा’ जान्छौँ । साँचै जनताको जनादेशमा जान्छौँ । त्यसबेला चाहिँ जनताले हिजो जसरी नेकपा एमालेको पक्षमा मतदान गरेका थे त्यसको मतपरिणाम त यो बेला आउँछ ।

स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा राजनैतिक विचार र मुद्दा मिल्ने राजनैतिक दलसँग गठबन्धन हुन सक्ने उनको भनाइ छ । तर एमाले एक्लै स्थानीय तहका निर्वाचनमा लोकप्रीय मत ल्याएर विजयी हुन काफि रहेको उनले बताए । अन्य दलमा झैँ एमालेलाई निर्वाचन जित्न कसैको ‘वैसाखि’ आवश्यक नरहेको उनको दावी छ । त्यसको लागि नेकपा एमालेको प्रभाव र शक्ति नै काफि रहेको उनले बताए ।

सम्बन्धित समाचार