विना सुनुवाइ ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए ८ लाख क्षतिपूर्ति



झापा । कसूरमाथि सुनुवाइविना भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।

उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले काँकडभिट्टामा आयोजित समारोहमा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।

भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।

क्षतिपूर्ति रकम पाउने भएपछि दुर्गाप्रसाद आफन्तसमेत रहेका प्रदेश सांसद धिरेन्द्र शर्मा, भतिजा गोपाल तिम्सिनासहित काँकडभिट्टा आएका थिए ।

सम्बन्धित समाचार