पशुपति धर्मशालामा बतासलाई अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको छ ।

साथै अदालतले फागुन ९ गतेका लागि आन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई उपस्थित हुन समेत आदेश गरेको छ ।

यो होटेलसँगको २०७६ वैशाख ३० गतेको करार सम्झौताअनुसार होटेल आनन्दको सञ्चालनमा बाधा नगर्न समेत आदेशमा भनिएको छ ।

सम्बन्धित समाचार