लुम्बिनीमा प्रदेश स्थापना दिवसमा ५७ जना विभूषित



दाङ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।

जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए ।

सम्बन्धित समाचार